नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भूभागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भई प्रदेश १, बागमती र गण्डकी प्रदशका थोरै स्थानमा वर्षा भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदल रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौंको अधिकतम २८ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस छ ।