एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ नामक कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । कम्पनीले सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाललगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागितामा कार्यक्रम गरेको हो ।
कम्पनीले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको जनाएको छ । कार्यक्रमले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु¥याउँदै आएको कम्पनीको दाबी छ । कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति (ट्रेन्ड)हरू पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने कम्पनीको भनाइ छ ।
कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमार, एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख शिरीष राव र एसियन पेन्ट्स नेपालका प्रमुख जी गोपाल कृष्णनले विभिन्न विषयमा प्रस्तुति दिएको कम्पनीले जनाएको छ । प्रस्तुतिमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरहरूसँग एसियन पेन्ट्सको सहकार्यलाई जोड दिइएको उल्लेख छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा एलिफेन्ट डिजाइनका सहसंस्थापक र निर्देशक अश्विनी देशपाण्डेले यस वर्षका लागि चार प्रवृत्ति (ट्रेन्ड)हरू घोषणा गरेका थिए । त्यस्तै, ट्रान्स्डेन्ट पिंकलाई कलर अफ द इयरका रूपमा प्रस्तुत गरिएको कम्पनीले जनाएको छ । साथै, कम्पनीले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि पनि मुड बोर्ड प्रतियोगिता सुरु गरेको थियो । जहाँ सहभागीलाई घोषणा गरिएका चार ट्रेन्डमध्ये एउटाको व्याख्या र प्रयोग गरेर आफ्नो इन्टेरियर प्रतिभा प्रदर्शन गर्न सक्ने सुविधा दिइएको थियो । मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट पाँच विजेताहरूलाई एसियन पेन्ट्स नेपालले पुरस्कृत गर्ने जनाइएको छ ।
कार्यक्रममा कन्सेप्सन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले कलर नेक्स्ट २०२२ एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म भएको र यो कार्यक्रममार्फत गरिएको रङको पूर्वानुमान (कलर फरकास्टिङ) समाजमा गहन अनुसन्धानको नतिजा भएको बताइन् । उनले भनिन्, ‘हाम्रो डिजाइनमा यी प्रवृत्तिहरू लागू गर्न एक सजिलो एप्लिकेसन छ– हामी प्रत्येक ट्रेन्डबाट सामग्री, बनावट (टेक्स्चर), रङ लिन सक्छौँ र निश्चित इन्टेरियर स्थानका लागि उपयुक्त हुने गरी निश्चित ढंगले तिनको प्रयोग गर्न सक्छौँ । डिजाइनरका रूपमा यी ट्रेन्डहरूले हामीलाई हाम्रो सिर्जनात्मक झुकावलाई यथासक्दो उजागर गर्न मद्दत गरेको मलाई लाग्छ ।’