प्रतिनिधिसभा बैठक ११ बजे

सोमबार, २३ जेठ, २०७९
डिजिटल संस्करण

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् । 

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि प्रारम्भ हुने छलफलअन्तर्गत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको शीर्षकहरूबारे छलफल हुनेछ । 

सुझावित समाचार