एकीकृत समाजवादीले आफ्नोतर्फबाट सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको छ। आज बसेको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो।
एकीकृत समावजादीका नेता मेटमणि चौधरीका अनुसार पार्टीको यसअघिको निर्णयअनुसार नै सबै मन्त्रीलाई फिर्ता बोलाइएको हो । यससँगै समाजवादीले सरकारमा सहभागी हुने नेताहरूको नाम प्रधानमन्त्री शेबहादुर देउवालाई बुझाएको छ।
एकीकृत समाजवादीले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा भवानी खापुङ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरेको छ।
एकीकृत समाजवादीबाट हाल स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सरकारमा सहभागी छन्।