भैरहवा-परासी सडकखण्डमा बस दुर्घटना हुँदा नौजनाको मृत्यु, २३ घाइते

आइतबार, २२ जेठ, २०७९
डिजिटल संस्करण

जनकपुरबाट भैरहवा आउँदै गरेको बस रुपन्देहीको भैरहवा–परासी सडकखण्डमा पर्ने रोहिणी पुलमा दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । घाइतेको भैरहवास्थित भीम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी नवरत्न पौडेलले जानकारी दिए ।

आइतबार बिहान करिब साढे ४ बजे बस रोहिणी पुलबाट खोलामा खसेको थियो । दुर्घटनामा परी पाँचजनाको मेडिकल कलेज भैरहवामा र चारजनाको भीम अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु.२ख ३८४१ नम्बरको बस रोहिणी नदीमा खसेको हो । चालक निदाएकाले बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको  छ ।  मृतकको सनाखत हुन सकेकाे छैन । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए। 

सुझावित समाचार