चलचित्र \'सर्वजित\' निर्माणमा पाँच महिनाको तलब सहयोग गर्ने मन्त्री आलेको घोषणा

शनिबार, २१ जेठ, २०७९
डिजिटल संस्करण
चलचित्र \'सर्वजित\' निर्माणमा पाँच महिनाको तलब सहयोग गर्ने मन्त्री आलेको घोषणा

चलचित्र \\\'सर्वजित\\\'को शुभ मुहुर्त गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले चलचित्र ‘सर्वजित’ निर्माणका लागि आफ्नो पाँच महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित चलचित्रको शुभमुहूर्त कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

चलचित्रको आज बालुवाटारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले शुभमुहूर्त गरेका थिए। दिनेश डिसीले निर्देशन गर्न लागेका सो चलचित्र दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनमा आधारित हुने बताइएको छ।

आज जातीय भेदभाव तथा छुवाछुतउन्मूलन दिवसका अवसरमा उक्त चलचित्रको शुभमुहूर्त गरिएको हो । उक्त चलचित्र निर्माणका लागि एक करोड २५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। रासस

सुझावित समाचार