करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका– ४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ ।
उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसुरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले नयाँ बजारबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको कार्यालयले जनाएको छ ।