एलएलबी खारेजीको मुद्दा : शनिबारको इन्ट्रान्स रोक्न अन्तरिम आदेशबारे सर्वोच्चमा सुनुवाइ हुँदै

शुक्रबार, २० जेठ, २०७९
डिजिटल संस्करण

सर्वोच्च अदालतले एलएलबी खारेजीको मुद्दामा एलएलबीको इन्ट्रान्स रोक्न अन्तरिम आदेशबारे सुनुवाइ तोकेको छ। बिएएलएलबी अध्ययनरत ऋतिक यादव र रितेश पन्थीले दर्ता गराएको रिटमा सर्वोच्चले आजका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुष्मालता माथेमाको इजलासमा सुनुवाइ तोकेको हो।

एलएलबीको शनिबार (२१ जेठ)मा इन्ट्रान्स तोकिएको छ। सर्वोच्चले यसअघि तीनवर्षे एलएलबीलाई फेजआउट गर्दै लानुपर्ने आदेश सुनाएको थियो। त्यसपछि पनि एलएलबीमा नयाँ भर्ना खुलाइएको भन्दै भर्ना प्रक्रिया रोक्न निवेदकले माग गरेका छन्।
 

See More On

सुझावित समाचार