९ जुनदेखि खाडीका ४० हलमा कबड्डी- ४ प्रदर्शन हुने

बिहिबार, १९ जेठ, २०७९
डिजिटल संस्करण

मध्यपूर्वका खाडी मुलुकहरूमा नेपाली फिल्म कबड्डी– ४ प्रदर्शन हुने भएको छ। मध्यपूर्वका देशहरू युएई, कतार, बहराइन र ओमानका विभिन्न सिनेमा हलहरूमा यही जुन ९ तारिखदेखि कबड्डी– ४ प्रदर्शन हुने उक्त फिल्मको मध्यपूर्वका लागि नेपाली वितरक रमेश ढकालले जानकारी दिएका छन्।

सो चलचित्र खाडीमा प्रदर्शनका लागि सेन्सर, अरबिक भाषा अनुवादलगायत सम्पूर्ण प्रकिया सकिएको छ। ढकालका अनुसार युएईका २० र अन्य देशका २० गरी ४० वटा हलहरूमा कबड्डी– ४ एकैसाथ प्रदर्शन हुनेछ।

दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको मुख्य भूमिका रहेको ‘कबड्डी– ४’ले खाडी मुलुकमा पनि दर्शकको मन जित्ने ढकालले नयाँ पत्रिकासँग बताए। उनले भने, ‘चलचित्र खाडी ल्याउने तयारी भएसँगै खाडीमा रहेका नेपालीको धेरै फोन सम्पर्क आएको छ। उनीहरू चलचित्र हेर्न उत्सुक छन्।’

See More On

सुझावित समाचार