एसियन पेन्ट्स नेपालले ‘कलर नेक्स्ट २०२२’ कार्यक्रम गर्ने भएको छ । कम्पनीले एसियन पेन्ट्सको वार्षिक प्रवृत्ति पूर्वानुमानको अवसरको रूपमा यो कार्यक्रम गर्न लागेको हो । यसले डिजाइनको दिशानिर्देश हासिल गर्न विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिको अध्ययन गर्ने जनाइएको छ । डिजाइन उद्योगमा प्रासांगिकयुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता, संयुक्त कार्यशालाका साथै अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गरेर यो कार्यक्रम आयोजना गर्न लागेको कम्पनीको भनाइ छ ।
अनुसन्धानको परिणाम–वास्तुकला तथा इन्टेरियर डिजाइन समुदायमा प्रस्तुत गरिएको वर्षको चार ट्रेन्ड र एक रङ प्रेरणाको स्रोत रहँदै आएको कम्पनीको भनाइ छ । यसको अर्थ कुन रङ र सामग्री प्रयोग गर्ने मात्र नभई डिजाइनरहरूलाई हालै प्रचलनमा रहेका रङ प्यालेट र नयाँ सामग्रीवरिपरि खेल्न प्रेरित गर्नु रहेको कम्पनीको भनाइ छ ।
रङभन्दा पनि डिजाइन अनुभवलाई अँगाल्ने उद्देश्यले कम्पनीले २० जेठमा कलर नेक्स्ट २०२२ कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा चर्चित आर्किटेक्ट तथा इन्टेरियर डिजाइनको उपस्थिति रहने तथा सोसाइटी अफ नेपलिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपालको सहभागिता रहने जनाइएको छ ।