बजेटको भण्डाफोर गर्न ओलीको निर्देशन

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गर्न सांसदहरूलाई निर्देशन दिएका छन् ।  सोमबार संसद् भवन नयाँ बानेश्वारमा बसेको एमाले संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले बजेट अनुचित, विनासिद्धान्त र प्राथमिकताको आधारमा आएको भन्दै त्यसको भण्डाफोर हुने गरी जनताको बीचमा लैजान निर्देशन दिएका हुन् । 

बजेट अनुचित ढंगले, विनासिद्धान्त र प्राथमिकताका आधारमा आएकाले त्यसको भण्डाफोर गरेर अघि बढ्न ओलीले निर्देशन दिएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहीन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।’

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष निकालेको उनले बताए ।

सुझावित समाचार