नवनिर्वाचित मेयर साह र प्रधानसेनापति शर्माबीच भेटवार्ता

सोमबार, १६ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन्। शपथग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर साहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेट गरेका हुन्।

भेटमा मेयर साहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा गरे भने प्रधानसेनापति महारथी शर्माले मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे। आगामी दिनमा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा समेत भेटमा छलफल भएको छ।

सुझावित समाचार