काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायांकनस्थल बन्ने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायांकनस्थल  निर्माण गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माण गर्न बजेटको व्यवस्था गरेको हो । 

काभ्रेको बनेपा नगरपालिका वडा नं. १० र १३ स्थित भैँसेपाटीमा अत्याधुनिक ‘इन्डोर सुटिङ स्टुडियो’ निर्माणका लागि आवश्यक प्रशासनिक तयारी हुँदै आएको छ । इन्डोरमा अस्पताल, प्रहरीचौकी, कारागार, ठूला भवनका भित्री भागदेखिने खालका तथा प्रोटेबल सेट निर्माणको तयारी छ । 

आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्न चलचित्र म्युजियम, पुस्तकालय, स्क्रिप्ट लेखन तथा निर्देशन कक्ष र स्टुडियोसँगै फिल्मसम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रम गर्न हलसहितको संरचना निर्माण हुने योजना थियो । चलचित्र छायांकन स्टुडियोका लागि भैँसेपाटीमा ४३ रोपनी सार्वजनिक जग्गा छनोट गरिएको थियो ।

सुझावित समाचार