११ खर्ब ५२ करोड राजस्व परिचालन गर्ने सरकारको अनुमान

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका सरकारको आगामी आर्थिक वर्षको बजेटमा राजस्व परिचालनबारे अनुमान गरिएको हो। अर्थमन्त्री शर्माले कोभिड महामारीको विषम परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताए । 

उनले चालू आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढी भएको पनि बताए । उनले भने, ‘कोभिडको विषम परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्व ५२ अर्ब ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।’

चालू आर्थिक वर्षमा वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्व ८१ करोड र ऋण रु १ खर्ब ७२ अर्व ८८ करोड परिचालन हुने अनुमान गरिएको उनले बताए । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म रु १ खर्ब ३५ अर्ब आन्तरिक ऋण उठाई सकिएको बताउँदै मन्त्री शर्माले ऋण परिचालन रु २ खर्ब ३१ अर्व ३० करोड पुग्ने अवस्था रहेको बताए । 

See More On

सुझावित समाचार