सरकारले सहरी सुन्दरतालाई बिगार्ने तार खम्बाहरूको व्यवस्थापनका लागि युटिलिटी करिडोर बनाउने घोषणा गरेको छ। बजेट वक्तव्यमार्फत सरकारले करिडोर निर्माणलाई अगाडि बढाउने घोषणा गरेको हो ।
‘सहरको सुन्दरतालाई बिगार्ने गरी प्रयोग भएको तार खम्बाहरूको व्यवस्थापन गर्न तथा सहरी पूर्वाधार निर्माणका क्रममा खन्ने–बन्ने र पुन खन्ने प्रबृत्तिको अन्त्य गर्न सहरी क्षेत्रमा क्रमशः युटिलिटी करिडोर निर्माण गर्दै लगिनेछ,’ बजेट वक्तव्यमा भनिएको छ।