धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र खेलग्राम स्थापना गरिने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र खेलग्राम स्थापना गर्ने घोषणा गरेका हुन् । 

यहाँका खेलप्रेमीले फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको माग गर्दै आएका छन् । धनगढी प्रिमियर लिगजस्ता देशकै ठूला क्रिकेट प्रतियोगिताहरू यस मैदानमा हुँदै आएका छन् । सरकारले खेलकुद क्षेत्रमा ८७ करोड बजेट विनियोजन गरेको छ ।

See More On

सुझावित समाचार