दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म पुर्याइने

आइतबार, १५ जेठ, २०७९
डिजिटल संस्करण

सरकारले आगामी आर्थीक वर्षदेखि सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराउने भएको छ।  अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा कक्षा ८ सम्म दिवा खाजा दिने लक्ष्य रहेको र आगामी आर्थिक वर्षमा कक्षा ६ सम्मका लागि व्यवस्था गरिएको बताए।
 
त्यसैगरी, आगामी वर्ष युवा साक्षरता शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य छ। पढ्दै कमाउँदै कार्यक्रम थप एक सय विद्यालयमा पुर्याउने, अहिले एक सय ४० विद्यालयमा कार्यान्वयन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणमा उल्लेख गरेका छन्।

See More On

सुझावित समाचार