नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एन्ड प्रोजेक्ट फाइनान्स श्रेणीअन्तर्गत आइजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको ‘एक्सक्लुसिभ लिग’ तालिकामा सूचीकृत भएको छ ।
पत्रिकाले बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी परियोजनाहरू प्रदर्शन गरेका आधारमा लिग तालिकामा १४औँ स्थान प्राप्त गरेको हो ।
यो जि–एसआइबी (ग्लोबल सिस्टमेटिकल्ली इम्पोट्र्यान्ट बैंकर्स)को २०औँ स्थानमा पर्न सफल भएको जनाइएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बजार प्रोफाइल बढाउनुका साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने बैंकले अपेक्षा लिएको छ ।
बैंकले हाल देशभरमा एक सय ५० शाखा, एक सय ८७ एटिएम र एक सय ७० भन्दा बढी बैंकिङ साझेदारहरूमार्फत सेवा प्रदान गर्दै आएको छ ।