चितवन खैरहनीमा श्रीमानबाट श्रीमतीमाथि निर्घात कुटपिट

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

रक्सीले मातेका एक श्रीमानले श्रीमतीलाई चरम यातना दिएका छन्। चितवनको खैरहनी नगरपालिका– १० काठार मुसहरबस्तीका रामचन्द्र माझीले बिहीबार साँझ श्रीमती गीता माझीमाथि निर्घात कुटपिट गरेका हुन्।

प्रहरीका अनुसार रामचन्द्रको कुटपिटबाट श्रीमतीको पाठेघर र मलद्वारमा गहिरो चोट लागेको छ। प्रहरीले रामचन्द्रलाई पक्राउ गरी अनुसन्धानअगाडि बढाएको छ। कुटपिटको घटना थाहा पाएपछि स्थानीयले घाइते गीतालाई उपचारका लागि अस्पताल पुर्याएका थिए। गीताको आकस्मिक कक्षमा उपचार भइरहेको छ।

See More On

सुझावित समाचार