छात्रा बलात्कार आरोपी प्रिन्सिपल पक्राउ

शुक्रबार, १३ जेठ, २०७९
डिजिटल संस्करण

पाँच वर्षअघि छात्रा बलात्कार गरी फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इंग्लिस स्कुलका प्रिन्सिपल ३६ वर्षीय राज खड्का भनिने राजकुमार खड्का पक्राउ परेका छन् । विदेश भाग्ने योजनामा रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएको प्रहरीको टोलीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । 

एसपी श्यामकुमार महतो, प्रवक्ता, सिआइबी
खड्का जबर्जस्ती करणी कसुरमा फरार थिए । उनलाई सिआइबीको टोलीले खोजी गरिरहेको थियो । यही क्रममा उनको लोकेसन त्रिपुरेश्वरमा देखियो । उनी पासपोर्टको प्रोसेसिङमा रहेको खुलेपछि हामीले पक्राउ गरेका हौँ । घटनासम्बन्धमा थप अनुसन्धान हुँदै छ ।

खड्का पासपोर्ट बनाउने क्रममा त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेका थिए । पछ्याउँदै गएको प्रहरी टोलीले उनलाई सोहीक्रममा पक्राउ गरेको हो । सिआइबीका प्रवक्ता एसपी श्यामकुमार महतोले खड्का पछिल्लो दिन ‘पासपोर्ट’को ‘प्रोसेसिङ’मा रहेको जानकारी दिए । ‘खड्का जबर्जस्ती करणी कसुरमा फरार थिए । सिआइबीको टोलीले खोजी गरिरहेको थियो । यही क्रममा उनको लोकेसन त्रिपुरेश्वरमा देखियो । उनी पासपोर्टको प्रोसेसिङमा रहेको खुलेपछि हामीले उनलाई पक्राउ गर्‍यौँ । घटनासम्बन्धमा थप अनुसन्धान हुँदै छ,’ उनले भने ।

प्रहरीका अनुसार उनी काठमाडौंको एक निजी विद्यालयमा प्रिन्सिपलको भूमिकामा कार्यरत थिए । सौन्दर्य प्रतियोगिताका नाममा बलात्कार भएको घटना एकाएक सार्वजनिक भएपछि उनी बेचैन थिए । त्यसको केही दिनपछि लोटस इंग्लिस स्कुलको बलात्कार घटना सार्वजनिक भयो । त्यसपछि भने उनी लुक्दै आएका थिए । यहीक्रममा खड्का विदेश भाग्न खोजेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । ‘पछिल्लोपटक सर्वजनिक भएको बलात्कारका घटनाबाट खड्का तनावमा रहेको जस्तो देखिन्छ । प्रहरीबाट पक्राउ हुन सक्ने भएपछि लुक्दैछिप्दै आएका रहेछन् । यहीक्रममा उनी पासपोर्ट बनाउनतर्फ लागे । यसबाट उनी विदेश जान खोजेको हो कि जस्तो देखिन्छ,’ एसपी महतोले भने ।

सिन्धुली कमलामाई नगरपालिका–७ का खड्काले २६ साउन ०७४ मा ब्लुमिङ लोटस इंग्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रालाई सुनसरी धरान उपमहानगरपालिका–१० स्थित एक गेस्ट हाउसमा लगी जबर्जस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीका अनुसार उनले छात्रालाई घुमाउन लैजाने बहानामा गेस्ट हाउस पुर्‍याएका थिए । विद्यालयबाट निकालिदिने धम्की दिई उनले छात्रालाई बलात्कार गरेको खुलेको छ । त्यसपछि छात्राले विद्यालय छाडेकी थिइन् । अर्कै विद्यालयमा अध्ययन गरेकी उनलाई खड्काले धम्क्याउने र पटक–पटक बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ । आजित भएकी पीडित बालिकाले २ भदौ ०७५ मा जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरी दिएकी थिइन् । त्यसयता खड्का फरार थिए । उनी टोखा नगरपालिकास्थित बानियाँटारमा डेरामा लुकिछिपी बस्दै आएका थिए ।

See More On

सुझावित समाचार