पोखरा महानगरपालिकाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गराउन संघ सरकारलाई आग्रह गर्ने भएको छ । महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले बिहीबार पदभार ग्रहण गरेपछि त्यस्तो निर्णय गरेका हुन् ।
मेयर आचार्यले हस्ताक्षर गरेको पहिलो निर्णयमा विश्वमै परिचित सुन्दर नगर पोखरालाई ‘नेपालको पर्यटकीय राजधानी’ को रूपमा घोषणा गर्ने गरी नेपाल सरकारबाट निर्णय हुन मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्नका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने’ उल्लेख छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न महानगरले करिव चारवर्षअघि निर्णय गरिसकेको थियो । गण्डकी प्रदेश सरकारलेसमेत दुई पटक निर्णय गर्दै कार्यान्वयनका लागि संघीय सरकारलाई लेखी पठाएको थियो ।
बिहीबारै पोखराको मौलिक पहिचान झल्किने पोखरा स्मारकको थ्रिडीसहितको डिजाइन बनाई पेश गर्नेसम्बन्धी प्रस्ताव स्वीकृत गरी खरिद प्रक्रिया अघि बढाउने निर्णय पनि भएको छ ।
हाल पोखरा चिनाउने केही योजना छैनन्,’ आर्चायले भने, ‘अक्सफर्ड युनिभर्सिटीमा उस्को आफनै सिम्बोल छ । पेरिसमा आइफिल टावर छ । अमेरिकामा समेत त्यस्तै छ । ती सबै आफ्नो अपनत्व महसुस हुने प्रतीक हुन् । पोखरामा पनि त्यस्तै प्रतीक बनाउने उद्देश्यसहित कामअगाडि बढाउनेछौँ ।’
मेयर आर्चायले व्यक्तिगत घटनादर्ता कार्यलाई सहज र सर्वसुलभ बनाउने तथा न्युन आय भएका नागरिकलाई वडा समितिको सिफारिसमा पोषण भत्ताबापत प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।
उपमेयर मञ्जुदेवी गुरुङले अपांगता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेकी छिन् । यसैगरी, महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले मेयर उपमेरका गरेका केही निर्णयका लागि ऐन, कानुन र निदेशिका आवश्यक पर्ने भएकाले तिनीहरूको निर्माण पछि निर्णयहरू कार्यान्वयनमा लगिने जानकारी दिए ।
पोखराका मेयर र उपमेयरले सम्हाले पदभार : पोखरालाई पर्यटकीय राजधानी बनाउन संघ सरकारलाई अनुरोध गर्ने
सुझावित समाचार
इलाम उपनिर्वाचन : माङ्सेबुङ ५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन
प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको म…
इलाममा तीन हजार बढी मतले सुहाङको अग्रता कायमै
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
बझाङमा कांग्रेसको झिनो अग्रता, अब दुई पालिका गन्न बाँकी
बझाङ प्रदेश सभा (१) को उपनिर्वाचनमा कांग्रेसले अग्रता कायम राखेको छ। अब दुई पालिका गन्न बाँकी रहँदा कांग्रेस झिनो म…
बझाङ १ मा कांग्रेसको अग्रता
उपनिर्वाचनअन्तर्गत बझाङ क्षेत्र नम्बर (१) मा भएको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन आयोगले दिएको पछिल्लो…
इलाम २ मा एमालेको अग्रता, पछ्याउँदै कांग्रेस
इलाम २ मा भएको उपनिर्वाचनको मतपरिणाममा नेकपा एमालेका सुहाङ नेम्वाङको अग्रता कायमै छ । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी …
मन्त्री बडू र भुवन केसीलाई स्पष्टीकरण
निर्वाचन आयोगले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री एवं दार्चुलाका कांग्रेस उम्मेदवार दिलेन्द्र बडूलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आ…