नीति तथा कार्यक्रमप्रति ओलीको टिप्पणी सत्ताबाट बाहिरिँदाका कुण्ठा मात्रै : सांसद विश्वकर्मा

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

नेपाली कांग्रेसका सांसद मीनबहादुर विश्वकर्माले प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।

सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि ओलीले अदालतको आदेशका विषय आफ्ना कार्यकर्तासँग बसेर गफ दिएको जस्तो भएको सांसद विश्वकर्माले टिप्पणी गरे। विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताए।

‘आफ्ना कार्यकर्तासँग बसेर गफ गरे जस्तो गरेर सत्ताबाट बाहिरिँदाका कुण्ठा र पूर्वाग्रह पोख्ने काम भयो। कहाँको नीति तथा कार्यक्रम छ, कहाँ अदालतको आदेश छ। हुँदै नभएको कुरालाई उखान टुक्कासँग जोडेर गरेका गफ र कुण्ठा अभिव्यक्त गर्ने कुरालाई लिएर हामीले आधार बनाउन मिल्दैन,’ उनले भने।
 

सुझावित समाचार