काठमाडौं महानगर : एउटा वडाको मतगणना बाँकी, कांग्रेस १७ र एमाले १३ वडामा विजयी हुँदा ‘एस’ले खाता खोल्यो

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन अधिकृतको कार्यालय काठमाडौंका अनुसार वडा नम्बर १४ को बाँकी अन्तिम तीनवटा मतपेटिकाको मतगणना सुरु गरिएको छ।

मतगणना सम्पन्न भएका ३१ वटा वडाको मतपरिणामअनुसार १७ वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको छ। वडा नम्बर ६, ७, ८, ९, १०, ११, १२, १७, १९, २०, २४, २५, २६, २७, २८, २९ र ३० मा कांग्रेसका उम्मेदवार अध्यक्ष निर्वाचित भएका छन्।

त्यस्तै नेकपा (एमाले)ले १३ वटा तथा एकीकृत समाजवादीले एउटा वडामा जित निकालेको छ। वडा नम्बर वडा १, २, ३, ४, ५, १३, १६, १८, २१, २२, २३, ३१ र ३२ नम्बर वडामा एमाले विजयी हुँदा वडा नम्बर १५ मा नेकपा (एकीकृत समाजवादी)ले जित हासिल गरेको छ। माओवादी केन्द्रका उम्मेदवार भने काठमाडौं महानगरका कुनै पनि वडाको अध्यक्षमा विजयी भएका छैनन्।

सुझावित समाचार