काठमाडौं महानगरको वडामा एकीकृत समाजवादीको पहिलो जित, वडा १५ मा डंगोलको प्यानलै विजयी

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण
काठमाडौं महानगरको वडामा एकीकृत समाजवादीको पहिलो जित, वडा १५ मा डंगोलको प्यानलै विजयी

तस्बिर : सञ्जित परियार/नयाँ पत्रिका

नेकपा (एकीकृत समाजवादी)ले काठमाडौं महानगरपालिकाको वडामा पहिलो जित निकालेको छ। वडा नम्बर १५ मा ईश्वरमान डंगोलको प्यानलै विजयी भएसँगै एकीकृत समाजवादीले आफ्नो पहिलो जित निकालेको हो।

डंगोल ०७४ को निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए। महानगरका प्रवक्ता रहेका डंगोल एकीकृत समाजवादीको तर्फबाट काठमाडौं महानगरमा वडाध्यक्ष विजयी हुने पहिलो उम्मेदवार हुन्। डंगोलले तीन हजार चार सय ७६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीवन डंगोलले एक हजार पाँच सय ७२ मत ल्याएका छन्।

सम्पादकको रोजाइ

सुझावित समाचार