काठमाडौं महानगरको मतगणना बेलुकीसम्ममा सकिने, १२ सय मतपत्र गन्न बाँकी

बिहिबार, १२ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। बिहीबार बेलुकीसम्म मतगणना सकिने जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए।

पौडेलका अनुसार अब वडा नम्बर १४ को तीनवटा मतपेटिका मात्रै गणना गर्न बाँकी छ। त्यसमा करिब १२ सय मतपत्र रहेको अनुमान गरिएको छ। अन्य सबै वडाको मत गणना गरेर सकिएको छ।

बिहीबार बिहान ७ः३० बजेसम्मको मतगणना तथ्यांकअनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार एक सय ४९, नेकपा एमालेका केशव स्थापितले ३७ हजार दुई सय १६ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार पाँच सय ४२ मत ल्याएकी छिन्।

सम्पादकको रोजाइ

सुझावित समाचार