देशभर नौ पालिकाको मतपरिणाम घोषणा हुन बाँकी

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा बुधबार १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणअनुसार सात सय ५३ मध्ये सात सय ४४ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।

अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौं महानगरपालिका, प्रदेश १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा–विजयपुर नगरपालिका,  रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगन्ज नगरपालिका छ । सुदूरपश्चिममा बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार