प्रदेश सभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिकाको मेयर लडेका अब्दुल कलाम पराजित

बुधबार, ११ जेठ, २०७९
डिजिटल संस्करण

प्रदेश सभा सदस्यबाट राजीनामा  दिएर मेयर लडेका अब्दुल कलाम आजाद पराजित भएका छन् । रौतहटको गढीमाई नगरपालिकामा मेयरको उम्मेदवार रहेका आजाद नेपाली कांग्रेसका श्यामप्रसाद यादवसँग पराजित भएका हुन् ।

नेपाली कांग्रेसका यादवले आठ हजार ६ सय ३१ मत ल्याउँदा आजादले भने आठ हजार ७३ मत ल्याएका थिए । आजाद जसपाबाट मेयरका उम्मेदवार बनेका थिए ।

सम्पादकको रोजाइ

सुझावित समाचार