पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध माइतीघरमा प्रदर्शन (फोटोफिचर)

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रदर्शन गरेको छ। अनेरास्ववियुले 'जनभावनाको कदर गर, मूल्यवृद्धि खारेज गर', 'नालायक सरकार मुर्दावाद', 'चुनाव जित्न गठबन्धन, चुनावपछि ठगबन्धन', 'चुनाव खर्च उठाउन पाइँदैन मूल्य बढाउन' लगायतका नारासहितको टेमप्लेट देखाएर आज माइतिघर मण्डलामा प्रदर्शन गरेको हो।

यसअघि पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विभिन्न १५ विद्यार्थी संगठनले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुझाएका थिए।

तस्बिरहरू :

सुझावित समाचार