भूमिहीनहरूको समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको लक्ष्य

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण

सरकारले भूमिहीन तथा सुकुमबासीको समस्या दुई वर्षभित्र समाधान गर्ने लक्ष्य राखेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आव ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने उल्लेख गरेकी हुन्।

उनले पुनर्स्थापना हुन बाँकी मुक्त कमैयाहरूका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन्। राष्ट्रपति भण्डारीले  राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनारका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिने बताइन्। उनले विशिष्टीकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइनेसमेत उल्लेख गरिन्।

सुझावित समाचार