ललितपुर महानगरको मतगणना अन्तिम चरणमा, चिरिबाबु जितको नजिक

मंगलबार, १० जेठ, २०७९
डिजिटल संस्करण
ललितपुर महानगरको मतगणना अन्तिम चरणमा, चिरिबाबु जितको नजिक

फाइल फाेटाे ।

२९ वटा वडा रहेको ललितपुर महानगरपालिको मतगणना अन्तिम चरणमा पुगेको छ। हाल महानगरको २९ नम्बर वडाको मतगणना जारी छ। अन्य वडाको मतगणना सकिएको छ।

वडा नम्बर २९ को मतगणना बेलुकीसम्म सकिने जिल्ला निर्वाचन कार्यालय ललितपुरले जनाएको छ। हालसम्मको मतगणनाअनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन अग्रस्थानमा छन्। उनले ४१ हजार नाै सय ७४ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २३ हजार ६ सय ३५ मत प्राप्त गरेका छन्। एउटा मात्रै वडाको मत गणना बाँकी रहँदा कांग्रेसका उम्मेदवार महर्जन जितको नजिक पुगेका छन्। उपमेयरतर्फ एमालेकी उम्मेदवार मञ्जली शाक्य अग्रस्थानमा छिन्।

सुझावित समाचार