तुलसीपुर उपमहानगरपालिकामा ५९ हजार पाँच सय ६३ मत गन्दा एमालेका टीकाराम खड्काले २४ हजार आठ सय ९१ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार दुई सय ६ मत प्राप्त गरेका छन् । कांग्रेसका उम्मेदवार गिरीभन्दा एमालेका उम्मेदवार खड्का एक हजार ६ सय ८५ मतले अगाडि छन् ।
उपप्रमुखमा पनि एमालेले सुरुवातदेखि नै अग्रता कायम राखेको छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार पाँच सय ७२ मत प्राप्त गरेकी छिन् भने गठबन्धनको तर्फका उम्मेदवार बनेका एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार तीन सय ३३ मत ल्याएका छन् । उनीहरूबीच सात हजार दुई सय ३९ को मतान्तर रहेको छ ।
तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेको छ । तुलसीपुरमा यसअघिको स्थानीय तह निर्वाचनमा एमाले विजयी भएको थियो । तुलसीपुरमा एक लाख एक हजार चार सय ६० मतदाता रहेकोमा ७४ हजार तीन सय ३६ जनाले मतदान गरेका थिए ।