जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साह विजयी

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोज साह निर्वाचित भएका छन् । १३ हजार ४६५ मतसहित साह निर्वाचित भएका हुन् । 
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शिवशंकर साह हिराले ९ हजार ५३२ मत ल्याए । 

मेयरका उम्मेदवार लोसपाका मनोज चौधरीले ५ हजार ३६० मत र सत्तारुढ गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साह ५ हजार १९४ मत ल्याएका छन् । जसपाका उम्मेदवार साह जनकपुरधामका निवर्तमान मेयरसमेत हुन् । 

उपमेयरमा कांग्रेसका किशोरी साह निर्वाचित भएकी छिन् । उनी १५ हजार ५२५ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुना झाले १० हजार ८८५ मत ल्याइन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार