बालेनलाई सबैभन्दा धेरै मत वडा नम्बर ९ मा

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन साहलाई सबैभन्दा धेरै मत वडा नं ९ मा मिलेकाे छ। अन्य वडाकाे तुलनामा उनले यस वडामा सबैभन्दा धेरै मत प्राप्त गरेका हुन्। उनी हालसम्मको मतगणनाअनुसार पनि अन्य उम्मेदवारभन्दा फराकिलो मतान्तरले अग्र स्थानमा छन्।

बालेन सोही वडावासी हुन्। आफू बसोबास गर्ने वडामा उनलाई हालसम्मकै धेरै मत प्राप्त भएको हो। यो वडामा उनले ३ हजार ३१८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ३८२ र नेकपा एमालेका केशव स्थापितले एक हजार १२० मत प्राप्त गरेका छन्।

हालसम्मको मतगणनाअनुसार बालेन सिंह र स्थापितभन्दा झन्डै १८ हजार मतले अग्र स्थानमा छन्।

सुझावित समाचार