भरतपुरमा रोकिएको मतगणना पुनः सुरु

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण
भरतपुरमा रोकिएको मतगणना पुनः सुरु

फाइल फाेटाे ।

भरतपुर महानगरपालिकाको रोकिएको मतगणना सुरु भएको छ। वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि एकाएक जालीभित्र मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

एमालेका कार्यकर्ताले त्यसको विरोध गरेपछि रोकिएको मतगणना उनीहरूको रिहासँगै पुनः सुरु भएको हो। यद्यपि, एमाले चितवनले भने आफ्ना प्रतिनिधि झुक्किएर जालीभित्र प्रवेश गरेको दाबी गरेको छ।

अहिले एमालेका विजय सुवेदीलाई माओवादीकी रेनु दाहालले झन्डै १० हजार बढी मतले लिड गरिरहेकी छिन्।

सुझावित समाचार