मुगुमा करिब १३ प्रतिशत मत बदर

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा मुगुमा करिब १३ प्रतिशत मत बदर भएको छ। कुल खसेको मतको १२.९३ प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ।

सोरु गाउँपालिकामा सबैभन्दा बढी १७.४४ मत बदर भएको निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्ण बडुवालले जानकारी दिए। खत्याड गाउँपालिकामा १३.८७, छायानाथ रारा नगरपालिकामा ११.९३ र मुगम कार्मारोङ गाउँपालिका ७.८ मत बदर भएको छ। ०७४ को स्थानीय तह निर्वाचनमा जिल्लामा ८.८० प्रतिशत मात्र मत बदर भएको थियो। 

जिल्लामा कुल ३५ हजार ८९ मतदाता रहेकामा २८ हजार सात सय ५० (८१.९४ प्रतिशत) मत खसेको कार्यालयले जनाएको छ। थोरै मतदाता भएको मुगुलगायतका जिल्लामा बदर मत हेर्दा मतदाता शिक्षा अपरिहार्य भएको देखिन्छ। 

सुझावित समाचार