मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

मोरङको सुन्दरहरैँचा नगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा कांग्रेसलाई र उपमेयरमा माओवादी केन्द्रलाई पराजित गर्दै दुवै पदमा एमाले उम्मेदवार विजयी भएका हुन् । 

मेयरमा एमालेका केदारप्रसाद गुरागाईं २१ हजार चार हजार पाँच सय मत पाएर विजयी भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६ सय ७८ मत प्राप्त गरे ।

उपमेयरमा विजयी एमालेकी अकली चौधरीले २२ हजार चार सय ५२ मत प्राप्त गरिन् । निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नवराज चापागाईंले ११ हजार तीन सय मत प्राप्त गरे । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार