पुनर्वासकाे मेयरमा कांग्रेसका शर्मा निर्वाचित

सोमबार, ९ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको पुनर्वास नगरकाे मेयरमा नेपाली कांग्रेसका तोयापसाद शर्मा निर्वाचित भएका छन् । शर्मा एमालेका उम्मेदवार पदम पुजाराभन्दा दोब्बरभन्दा बढी पाँच हजार तीन ३२  मतले निर्वाचित भएका छन् । 

शर्माले १० हजार ६ र पुजाराले चार हजार ६ सय ४७ मत ल्याएका थिए । उपमेयरमा पनि कांग्रेसकै भुलिया राना निर्वाचित भएकी छिन् । भुलियाले माओवादीका उम्मेदवार धोखे रानालाई एक हजार आठ सय ५३ मतान्तरले हराउँदै उपमेयरमा निर्वाचित भएकी हुन् ।

भुलियाले सात हजार तीन सय ४५ र रानाले पाँच हजार पाँच सय ९२ मत ल्याएका छन् । यसअघि कांग्रेसबाट भुलिया र शर्मा पराजित भएका थिए । यसपटक निर्वाचित भएका छन् । पुनर्वासमा ५७ पदका लागि दुई सय ६० जना उम्मेदवार चुनावी मैदानमा होमिएका थिए । 

सम्पादकको रोजाइ

सुझावित समाचार