कोहलपुरको मेयर–उपमेयर दुवैमा कांग्रेस विजयी

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

बाँकेको कोहलपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा पूर्णप्रसाद आचार्य र उपमेयरमा संगीता सुवेदी विजयी भएकी हुन् । 

आचार्यले १४ हजार एक सय ३४ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका खिलप्रसाद भुसालले १२ हजार दुई सय ८५ मत ल्याए । माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट माओवादीका नरेन्द्र न्यौपानले नाै हजार सात सय २५ मत प्राप्त गरे । 

त्यसैगरी, उपमेयरमा कांग्रेसकी सुवेदी १४ हजार ७४ मत पाएर विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी अस्मिता थारूले १३ हजार एक सय ५७ मत प्राप्त गरिन् । १५ वटा वडा रहेको कोहलपुरमा कांग्रेसले नौ, एमालेले चार र माओवादी केन्द्रले दुईवटा वडामा जित हासिल गरेका छन् । 
 
 

सम्पादकको रोजाइ

सुझावित समाचार