कृष्णपुर नगरमा कांग्रेस निर्वाचित : प्रमुखमा ओझा, उपप्रमुखमा राना

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज ओझा निर्वाचित भएका छन्। आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीलाई दुई हजार एक सय ३४ मतको अन्तरले हराउँदै ओझा मेयरमा निर्वाचित भएका हुन्।

ओझाले १० हजार तीन सय ३४ मत ल्याउँदा चौधरीले आठ हजार दुई सय मत ल्याएका छन्। एमालेका लोकेन्द्र पन्तले ६ हजार चार सय ७४ मत ल्याएका छन्। यसअघि ०७४ मा पनि चुनाव लडेका ओझा अहिले निर्वाचित भएका हुन्।

उपप्रमुखमा पनि कांग्रेसकै द्रोपती राना निर्वाचित भएकी छिन्। एमालेकी रमिता राना बडायकलाई दुई हजार तीन सय ५९ मतको अन्तरले हराउँदै कांग्रेसकी राना उपमेयरमा निर्वाचित भएकी हुन्। कांग्रेसकी रानाले नाै हजार ६ सय ७५ मत पाउँदा एमालेकी रानाले सात हजार तीन सय १६ मत ल्याइन्। माओवादीकी गीता मल्लले ६ हजार आठ सय ५१ मत ल्याइन्। यसअघि एमालेकी उपमेयर रमिता राना निर्वाचित भएकी थिइन्।

जिल्लामा ४७ पदका लागि दुई सय २४ उम्मेदवार चुनावी मैदानमा होमिएका थिए। ४० हजार तीन सय ३८ मतदातामध्ये २८ हजार नाै सय ५३ मत खसेको थियो।

सुझावित समाचार