भरतपुर महानगरमा ७,४६५ मतले रेनु दाहाल अगाडि

आइतबार, ८ जेठ, २०७९
डिजिटल संस्करण

भरतपुरमा रेनुको अग्रता कायमै

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ३५ हजार दुई सय ३० मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छिन् । आइतबार बिहानसम्म ८९ हजार सात सय ७५ मत गणना हुँदा रेनुले प्रतिस्पर्धीसँग मतान्तर पनि फराकिलो बनाउँदै लगेकी छिन् । एमालेका विजय सुवेदीभन्दा रेनु सात हजार चार सय ६५ मतले अग्रस्थानमा छिन्। 

पछिल्लो मतपरिणामअनुसार  रेनुले ३५ हजार दुई सय ३० मत प्राप्त गरेर अग्रस्थान कायमै राखेकी छिन् । यसैगरी, एमालेका उम्मेदवार विजय सुवेदीले २७ हजार सात सय ६५ मत प्राप्त गर्दै रेनुलाई पछ्याइरहेका छन् । कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ११ हजार आठ सय ५२ मत प्राप्त गरेका छन् । 

यसैगरी, उपमेयरमा पनि गठबन्धनले अग्रता कायमै राखेको छ। गठबन्धनबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी ३७ हजार चार सय ३६ मत प्राप्त गरी अग्र स्थानमा छन् ।  राप्रपाकी हिमला गुरुङले  २१ हजार नाै सय ५५ मत प्राप्त गरेकी छिन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार