कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

शनिबार, ७ जेठ, २०७९
डिजिटल संस्करण

कपिलवस्तुको विजयनगर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।  गाउँपालिकाको अध्यक्षमा  गोपालबहादुर थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का जानकीप्रसाद यादवले ५ हजार ३ सय ३४ मत पाए । 
त्यसैगरी, उपाध्यक्षमा एमालेकै लक्ष्मीकुमारी चौधरीले ४ हजार ९ सय ३० मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनकी निकटतम प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८ सय ४९  मत प्राप्त गरिन्।

०७४ सालको स्थानीय निर्वाचनमा पनि थापा र चौधरीले एमाले बाटै चुनाव जितेका थिए। ७ वडा रहेको गाउँपालिकामा ६ वटामा एमाले र एकमा जसपाका उम्मेदवार विजयी भएका छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार