२९२ मतले \'लडेका\' गुरुङ ६,४७३ मतान्तरसहित \'उठे\'

शनिबार, ७ जेठ, २०७९
डिजिटल संस्करण
२९२ मतले \'लडेका\' गुरुङ ६,४७३ मतान्तरसहित \'उठे\'

तस्बिर : बेलकोटगढी नगरपालिकाको मेयरमा निर्वाचित लामा (बायाँ) र उनका प्रतिस्पर्धी खनाल (दायाँ)

नुवाकोटको बेल्कोटगढी नगरपालिकामा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ १३ हजार दुई सय २२ मत ल्याएर पालिका प्रमुखमा निर्वाचित भएका छन् । निर्वाचन आयोगले दिएको अन्तिम मतपरिणामअनुसार गुरुङ नेकपा एमालेका उम्मेदवार राजेन्द्ररमण खनालभन्दा ६ हजार चार सय ६३ मत बढी ल्याएर विजयी भए । गुरुङले १३ हजार दुई सय २२ मत ल्याउँदा खनालले ६ हजार सात सय ४९ मत मात्रै ल्याए । 

२०७४ सालको निर्वाचनमा खनालसँग दुई सय ९२ मतले हारेका गुरुङ ०७९ सम्म आउँदा दोब्बर मतान्तरमा विजयी भए । २०७४ को निर्वाचनमा ६ हजार ६ सय ४३ मत ल्याएका खनालले ७९ सम्म आउँदा एक सय ६ मत बढाएका छन् । गुरुङले ०७४ मा ६ हजार तीन सय ५१ मत ल्याएका थिए । गुरुङले ७९ सम्म आइपुग्दा ६ हजार आठ सय ७१ मत बढाएका छन् । 

अघिल्लो निर्वाचनमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । अहिले गुरुङलाई कांग्रेसले साथ दिएको थियो भने एमाले एक्लै प्रतिस्पर्धामा थियो । 

उपप्रमुखमा नेपाली कांग्रेसमा उम्मेदवार शिव दाहाल निर्वाचित भएका छन् । सुरुमा एमालेकी उम्मेदवार रूपा सापकोटाले अग्रता कायम गरेपनि मध्यतिर अगाडि बढेका दाहालले विजयको झन्डा फहराए । दाहालले १० हजार सात सय ६६ मत ल्याए भने सापकोटाले सात हजार दुई सय ४७ मत ल्याइन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रकी कविता ढुंगाना उपप्रमुमा विजयी भएकी थिइन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार