काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाह ३३ हजार ६ सय ३४ मतसहित अग्रस्थानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार उनलाई १८ हजार एक सय ८९ मतसहित एमालेका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहको १८ हजार ५४ मत आएको छ । सिर्जना र स्थापितको मतान्तर एक सय ३५ मात्रै छ । हालसम्म ९१ हजार नौ सय ७२ मत गणना भएको छ ।