दोलखाको बिगु गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सञ्जीव ओली र उपाध्यक्षमा एमालेकी देवीका थामी विजयी भएकी छिन् ।
नेकपा एमालेका उम्मेदवार अचुतम केसीलाई पराजित गर्दै ओली पालिका अध्यक्ष बनेका हुन् । ओली चार हजार एक सय मत प्राप्त गर्दै पालिका अध्यक्षमा विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी केसीले तीन हजार नौ सय ७३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेकी देवीका थामी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेसका आङ्निमा शेर्पालाई पराजित गर्दै विजयी भएकी हुन् । थामीले चार हजार १३ मत प्राप्त गर्दा शेर्पाले तीन हजार आठ सय २६ मत पाएका थिए । आठवटा वडा रहेको बिगु गाउँपालिकामा एमाले तीन, माओवादी केन्द्र दुई, कांग्रेस दुई र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।