हिमालमा ३० हजार केजी फोहोर संकलन

शनिबार, ७ जेठ, २०७९
डिजिटल संस्करण

नेपाली सेनाको अगुवाइमा सुरु भएको हिमाल सरसफाइ अभियानमा चारवटा हिमालबाट ३० हजार केजी फोहोर संकलन भएको छ । नेपाली सेनाले सगरमाथा, ल्होत्से, मनास्लु, कञ्चनजंघा गरी चार हिमालमा पाँच हजार दुई सय चार केजी कुहिने र २४ हजार सात सय ९४ केजी नकुहिने गरी जम्मा २९ हजार नौ सय ९८ किलो फोहोर संकलन गरेको हो । 

कोकाकोला फाउन्डेसनको प्रमुख कर्पोरेट साझेदारीमा भएको सफाइ अभियानमा नेपाली सेना र शेर्पाहरू गरी जम्मा ७७ जना सदस्य रहेका छन् । वार्षिक एक हजार एक सय आरोही आउने आठ हजार मिटरभन्दा बढी उचाइका यी चार हिमालमा आरोही सँगसँगै ठूलो मात्रामा फोहोर पनि भित्रिन्छन्, जसले गर्दा हिमाली क्षेत्रको फोहोर व्यवस्थापन एक प्रमुख चुनौतीका रूपमा रहेको छ ।

यी फोहोरहरूमा रित्ता अक्सिजन क्यानिस्टरहरू, पाल, खानेकुराका कन्टेनरहरू, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक फोहोरहरू आदि रहेका छन् । अभियानलाई तीव्रता दिँदै ३५ हजार केजी फोहोर संकलन गर्ने लक्ष्यसहित हिमाल सरसफाइ भइरहेको कर्पोरेट साझेदार कोकाकोलाले जनाएको छ ।

अत्यधिक प्रतिकूल मौसम, चोटपटकको सम्भावना र उच्च जोखिम भएकाले हिमालको यात्रा चुनौतीपूर्ण हुने अभियान निर्देशकले बताए । एक्स्पेडिसन टिमका सदस्यहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै अहिलेसम्मको यात्रा तय गरेको छ । 

See More On

सुझावित समाचार