पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदार ३३३९ मतसहित अगाडि

शनिबार, ७ जेठ, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकामा गठबन्धनबाठ उम्मद्वार बनेको एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्यको अग्रता कायमै छ । उनी तीन हजार चार सय ३९ मतान्तरले अगाडि छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार आचार्यले ३२ हजार चार सय ८० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले २९ हजार ४१ मत ल्याएका छन् । 

उपप्रमुखमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । उनले ३३ हजार दुई सय २१ मत ल्याउँदा उनकी निकटतम प्रतिद्धन्दी कांग्रेसकी कोपिला रानाभाटले ३२ हजार नौ सय ५९ मत ल्याएकी छन् । गुरुङ रानाभाट भन्दा दुई सय ६२ मतले अगाडि छन्  । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार