हावाहुरीले चितवनमा ठूलो क्षति

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

चितवनमा आएको हावाहुरीले ठूलो परिणाममा भौतिक क्षति भएको छ । शुक्रबार साँझको तीव्रगतिमा आएको हावाहुरीले जिल्लाको विभिन्न स्थानमा भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

हावाहुरीका कारण विभिन्न स्थानमा फुसका घरहरू भत्किएका छन् भने ठाउँठाउँमा बिजुलीका पोल र ट्रान्सफर्मरहरू ढलेका छन् । बिजुलीका पोल र ट्रान्सफर्मर ढलेपछि विद्युत् आपूर्ति ठप्प भएको छ ।

ढलेको बिजुलीको पोल र रुखका कारण केही ठाउँमा सडक अवरुद्धसमेत भएको छ । चितवनको पहिलो रेडियो सिनर्जी एफ.एमको टावर ढल्दा प्रसारण नै अवरुद्ध बनेको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

सुझावित समाचार