कलैया उपमहानगरपालिकामा एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

बाराको कलैया उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीचको गठबन्धनलाई पराजित गर्दै उपमहानगरको मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका हुन् । 

एमालेबाट मेयरका उम्मेदवार विनोद साहले २४१३९ मत ल्याएर विजयी हुँदा कांग्रेसका राजेशराय यादवले जम्मा १९२५१ मत ल्याए । त्यसैगरी, एमालेबाट उपमेयरकी उम्मेदवार रौशन प्रविनले १८५४० मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रमोद गुप्ताले १८३०२ मत प्राप्त गरे । 

यसपालि पराजित भएका यादव निवर्तमान मेयर हुन् । जसपा र कांग्रेसको राम्रो पकड भएको भनिएको कलैयामा यसपालि भने एमालेले जितेको हो । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार