सिराहाको लक्ष्मीपुर पतारी गाउँपलिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालय लक्ष्मीपुर पतारीका अनुसार शुक्रबार अपराह्न सम्पन्न मतगण्नाको अन्तिम परिणामअनुसार कांग्रेसका चतुरानन्द ठाकुर तीन हजार आठ सय ४५ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका देवनारायण साहले तीन हजार पाँच सय ८५ मत ल्याएका छन् ।
त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी अमरकला यादव तीन हजार आठ सय ४८ मतसहित निर्वाचित भएकी छिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालकी रंजुकुमारी यादवले तीन हजार दुई सय ३२ मत प्राप्त गरकी छिन् । पालिकाका छ वडामध्ये कांग्रेसले १, २, ३, र ४, एमोलेले वडा नम्बर ५ र जसपाले ६ नं. वडामा जित निकालेका छन् ।