रुपन्देहीको गैडहवामा गठबन्धनलाई हराउँदै एमाले विजयी

शुक्रबार, ६ जेठ, २०७९
डिजिटल संस्करण

रुपन्देहीको गैडहवा गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६ सय ३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बसीउल्लाह मुसलवानले  ४ हजार ३ सय ८८ मत प्राप्त गरे । 

त्यसैगरी, उपाध्यक्षमा एमालेकी माधुरी जैसवाल विजयी भएकी छिन्। जैसवालले ४ हजार ७ सय ५६ मत ल्याई विजयी हुँदा कांग्रेसकी मन्जु न्यौपानेले ४ हजार ६ सय ५९ मत प्राप्त गरिन् । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार